राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि बरामद
काठमाण्डु– काठमाण्डुबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जना पक्राउ परेका छन् । मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाण्डु २५ वर्षीय राजिव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ, २७ वर्षीय आयुष महर्जन, २४ वर्षीय पुरन बोहरा र २० वर्षीय सन्तबहादुर भुजेल छन् ।
सूचना पाएपछि प्रहरीले छापा मारेर महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो ।
बरामद हात्तीका दाह्रा भने राष्ट्रपति कार्यालयबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।
उनीहरुको साथबाट लागु औषध ट्रामाडोल १५० ट्याब्लेट पनि बरामद गरिएको छ ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया