तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी ‘अरबपति’ भनिएकी तुलसी अधिकारीको पक्षमा बहस गर्न करिब ४० जना स्वयंसेवी वकिल ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। अधिकारीविरुद्ध दर्ता भएको मुद्दामा सबै पक्षको बहस नसकिएकाले अदालतले बुधबार पनि थुनछेक आदेश जारी गर्न सकेन।
न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। थुनछेकसम्बन्धी आदेश नआएसम्मका लागि अधिकारीलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ।
कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा तुलसी अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी आरोप लगाइएको छ।
जाहेरीकर्ता चिमोरियाले २०८२ साल साउन २४ गते आफू ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगीमा परेको दाबी गर्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका क्रममा तुलसी अधिकारीको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको छ।
२०८२ साल भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। पछि इन्टरपोलको सहयोगमा पक्राउ परेपछि उनलाई नेपाल ल्याइएको थियो।
मुद्दाको सुनुवाइ जारी रहेकाले अब अदालतको थुनछेकसम्बन्धी आदेशको प्रतीक्षा गरिएको छ।
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
प्रतिक्रिया