एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार नेपालले समूह ‘डी’अन्तर्गतको खेलमा भुटानलाई ५१ रनले हराएको हो ।
मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटियो ।
भुटानका डिचेन वाङ्गमोले अविजित ३९ र चाडो ओमले ११ रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । रिया शर्माले दुई, कविता कुँवर र मनीषा उपाध्यायका नाममा एक/एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो ।
नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।
भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीन/तीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एक/एक विकेट लिए ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित भुटान अंकविहीन छ ।
पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो । भुटान हङकङसँग १४ रनले पराजित भएको थियो ।
अस्ट्रेलियामा आप्रवासी श्रमिकमाथि चरम आर्थिक शोषण हुने गरेको खुलासा
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
प्रतिक्रिया