राज्यले खेलमा भविष्य छ भन्ने भावना जागृत गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए ।
राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याती र पहिचानका लागि मात्रै सीमित नभएको बताएका हुन् ।
‘यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो’, उनले भने ।
राष्ट्रपति पौडेलले नेपालमा खेलप्रतिको क्रेज बढ्दैगएको पनि बताए । यस्तो बेला राज्यले ‘खेल प्रतियोगितामा मेरो भविष्य सुरक्षित छ’ भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिए ।
विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई संघ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याई गर्न हुँदैन’, उनले भने ।
चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
संसद्को त्यो एक अभिव्यक्ति, जसले भारतीय विदेश मन्त्रालयलाई 'डिफेन्सिभ मोड'मा पु…
महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार होः उपराष्ट्रपति
प्रतिक्रिया