''ओखलढुंगामा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागियो!''
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओखलढुंगामा राजीनामा मागिएको छ । योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) जिल्ला समितिले प्रधानमन्त्रीको बयान राष्ट्रघाती भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो ।
वाइसीएलका जिल्ला इन्चार्ज रामजी तामाङ र संयोजक डोल बहादुर सुनुवारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रधानमन्त्री शाहलाई तत्काल माफी माग्न र पदबाट राजीनामा दिन माग गरिएको छ ।
यही जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले "नेपालले पनि भारतको जमिन मिचेको छ" भनी अभिव्यक्ति दिएका थिए । उक्त भनाइ गैरजिम्मेवार, राष्ट्रियता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको भन्दै युवाहरूले तीव्र आपत्ति जनाएका हुन् ।
ज्ञापनपत्र जस्ताको तस्तै:
विषयः राष्ट्रघाती अभिव्यक्ति अविलम्ब सच्याउँदै पदबाट राजीनामा दिने बारे ।
मितिः २०८३ जेठ २१
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ
मार्फत,
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा ।
सम्माननीयज्यू,
यही जेठ १७ गते तपाईले प्रतिनिधिसभामा माननीय सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा कब्जा गरिरहेको विषयमा सोधिएको प्रश्नको जफावमा “तपाईंहरूलाई थाहा छ की छैन ? मैले पनि प्रधानमन्त्री भए पश्चात थाहा पाएको हो, नेपालले पनि भारतको जमिन मिचेको छ । " भनि दिएको अभिव्यक्ति हामी देशभक्त युवाहरू र सारा नेपालीको गम्भीर ध्यानाकर्षण भएको छ । तपाईको उक्त अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल र स्थापित ऐतिहासिक तथ्य विपरीत छ । देशको प्रधानमन्त्री तथा कार्यकारी प्रमुखका रूपमा राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु तपाईको प्रमुख कर्तव्य समेत हो । तपाईको उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा एवं भर्त्सना गर्दछौं । यस्तो खाले गैरजिम्मेवार र राष्ट्रघाती अभिव्यक्ति देशको कार्यकारी प्रमुखबाट आउनु भनेको कतै नेपाली भूमी भारतलाई सुम्पने षड्यन्त्र त होईन ? भन्ने आशंका समेत पैदा भएको छ ।
विगतमा तपाई र तपाई आवद्ध पार्टी रास्वपाले विभिन्न निर्णय गर्नुभन्दा अगाडि मिडिया ट्रायल गर्ने गरेको पाईन्छ । कतै यो पनि त्यही सिलसिलाको कडी त होइन ? गम्भीर प्रश्न खडा भएको छ । मिडिया ट्रायल, सामाजिक सञ्जालको दुरूपयोग, अल्गोरिदम गलत प्रयोग गरी नेपाली जनतालाई झुक्याएको जस्तो होइन राज्य सञ्चालन गर्न । प्रधानमन्त्रीका रूपमा तपाईले स्थापित मूल्य एवं मान्यतालाई व्यवास्था गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रति उदासिन हुने, राष्ट्रपति संस्थाको उपहास गर्ने, संसदलाई अपमान गर्ने, संसदीय नियम कानुनलाई वेवस्ता गर्ने गतिविधि गर्दै आउनु भएको छ । कतै तपाई हजारौं शहिदहरूको वलिदानी र लाखौँ जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कमजोर बनाउने नियोजित खेल खेल्न त लाग्नु भएको छैन ? भन्ने प्रश्न उठिरहेको छ ।
अहिलेसम्म भारतले नै कहीं कतै दाबी नगरेको विषय प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले कपोकल्पित रूपमा संसद्को राष्टमबाट अभिव्यक्त गर्नु राष्ट्रप्रेमी जनताको लागि असै विषय हो । तपाईको उक्त राष्ट्रघाती अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको छ ।
उपरोक्त जनविरोधी तथा राष्ट्रघाती गतिविधिहरू हामी देशभक्त, राष्ट्र प्रेमी र जनजीविका पक्षमा आवाज बुलन्द गर्ने युवाहरूको निम्ति कदापी सह्या हुनसक्दैन । नेपाली जनताको धैर्यताको बाँध नटुट्दै जनता समक्ष माफी मागेर राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिदै प्रधानमन्त्रीपदबाट राजीनामा दिन हामी तपाईलाई आह्वान गर्दछौँ
• रामजी तामाङ
केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज
• डोल बहादुर सुनुवार संयोजक
योङ कम्युनिष्ट लिग नेपाल जिल्ला संगठन समिती ओखलढुंगा
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
लेबनान-इजरायल युद्धविराम घोषणा
प्रतिक्रिया