इजरायलको गुप्तचर संस्था मोसादमा नयाँ प्रमुख नियुक्त
इजरायलको गुप्तचर संस्था मोसादको नयाँ प्रमुखका रूपमा रोमन गोफमानले जिम्मेवारी सम्हालेका छन् । यससँगै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले उनलाई सिफारिस गरेपछि लामो समयदेखि चलिरहेको कानुनी विवादको अन्त्य भएको छ ।
मङ्गलवार उनले जेरुसेलममा मोसादको प्रमुखको शपथ लिएका थिए । इजरायलको उच्च अदालतले गोफमानको नियुक्ति रद्द गर्न माग गरिएको याचिकालाई अस्वीकार गरेको भोलिपल्ट उनले शपथ लिएका हुन् ।
रोमन गोफमानको नियुक्तिविरुद्ध वरिष्ठ सरकारी अधिकारीका लागि आवश्यक नैतिक मापदण्ड उल्लङ्घन गरेको आरोपसहित विभिन्न याचिकाहरू दायर गरिएको थियो । तर अदालतले ती सबै दाबी अस्वीकार गरेपछि उनको नियुक्ति आधिकारिक रूपमा अघि बढेको हो ।
उनी मोसादका १४औँ निर्देशक बनेका छन् । यसअघि डेभिड बार्निया मोसादका प्रमुख थिए । उनले करिब पाँच वर्षसम्म यो पद सम्हालेका थिए । सन् २०२६ को जुनमा उनको कार्यकाल पूरा भयो ।
नियुक्तिभन्दा अघि गोफमानले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूका सैन्य सचिवका रूपमा काम गरेका थिए । रोमन गोफमानलाई मोसादको नयाँ निर्देशक नियुक्त गर्न पाउँदा आफू गर्वित भएको इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै बताएका थिए ।
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हु…
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
प्रतिक्रिया