घरेलु झगडामा इवामा ६ जनाको हत्या
वाशिङटन डीसी । अमेरिकाको आयोवा राज्यको मस्काटाइन शहरमा घरेलु झगडामा ६ जनाको मृत्यु भएको छ । यस घटनाका सन्दिग्ध व्यक्तिले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मस्काटाइन प्रहरी विभागकाका अनुसार ५२ वर्षीय रायन विलिस म्याकफारल्याण्डलाई मुख्य शंकास्पद व्यक्तिका रूपमा पहिचान गरिएको छ ।
मृतकहरू सबै उनको परिवारका सदस्यहरू भएको विश्वास गरिएको छ । प्रहरी प्रमुख एन्थोनी किजले घटनालाई दुष्टताको कार्य भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।
सोमबार दिउँसो करिब १२ बजे प्रहरीले गोली चलेको सूचना प्राप्त गरेपछि एक घरमा पुग्दा चार जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनाका सन्दिग्ध म्याकफाल्र्यान्ड प्रहरी पुग्नुअघि नै घटनास्थलबाट भागेका थिए ।
केही समयपछि उनलाई नदी किनारको पैदलमार्गमा गम्भीर अवस्थामा फेला पारिएको थियो । उनको शरीरमा आफैँले चलाएको गोलीको घाउ रहेको प्रहरीले जनाएको छ । उपचारको प्रयास गरिए पनि घटनास्थलमै उनको मृत्यु भयो ।
त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले अर्को घरमा एक पुरुषको शव फेला पार्यो । थप खोजी गर्दा एउटा व्यावसायिक स्थलमा अर्को व्यक्तिको शव पनि भेटियो । दुवैको मृत्यु गोली लागेर भएको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले गोलीकाण्ड घरेलु विवादबाट उत्पन्न भएको संकेत गरेको छ । सबै मृतकहरू शंकास्पद व्यक्तिका आफन्त रहेको विश्वास गरिएको छ ।
प्रहरी प्रमुख एन्थोनी किजले पीडितहरूको नाम र उमेर सार्वजनिक नगरेको तथा अनुसन्धान अझै जारी रहेको बताएका छन् । सन्दिग्धको यस अघि पनि आपराधिक रेकर्ड रहेको बताइएको भएपनि यसको विवरण किजले खुलाएनन् ।
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
"अर्थमन्त्री वाग्लेमाथि तत्काल संसदीय छानबिन गर: संसद्मा प्रहार"
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्दै बस नरोकि हुइँकिएपछि तत्काल गर्यो…
फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, अन्तर्राष्ट्रिय विमानस्थल बन्द
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
जनमत पार्टीद्वारा माइतीघरमा विरोध प्रदर्शन, थप आन्दोलनको चेतावनी
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
प्रतिक्रिया