ट्रम्प भन्छन्: इरानसँग सम्झौताका लागि अब अन्तिम निर्णय गर्न बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कहिल्यै आणविक हतियार वा बम नराख्ने’ कुरामा सहमत हुनुपर्ने जिकिर गरेका छन्।
साथै उनले इरानसँग लगभग सम्झौता भइसकेको दाबी गर्दै ‘अन्तिम निर्णय’ लिन मात्र बाँकी रहेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले कहिल्यै आणविक हतियार वा बम राख्ने छैन भन्ने कुरामा सहमत हुनुपर्छ। हर्मुज स्ट्रेट तुरुन्तै खोलिनुपर्छ र जहाजलाई बिनाशुल्क आवतजावत गर्न दिनुपर्छ।’
साथै उनले अब हर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी हटाइने र त्यहाँ रोकिएका जहाजले ‘घर फर्कने’ प्रक्रिया सुरु गर्न सक्ने उल्लेख गरेका छन्।
उनले गत वर्ष इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणका कारण जमिनमुनि दबेको 'आणविक धुलो' हटाउने सम्झौता पनि भएको दाबी गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘यो काम इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग नजिकको समन्वयमा गरिनेछ र त्यसपछि सामग्री नष्ट गरिनेछ।’
उनले अगाडि लेखेका छन्, ‘कम महत्त्वका अन्य केही मुद्दामा पनि सहमति भएको छ। अब म अन्तिम निर्णय लिन सिचुएसन रुममा बैठक गर्नेछु।"
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
प्रतिक्रिया