बलि हुनबाट जोगियो ‘डोनाल्ड ट्रम्प’ भैंसी, अब चिडियाखानामा बस्ने
बंगलादेशमा सामाजिक सञ्जालमा भाइरल बनेको एक अनौठो अल्बिनो (सेतो-गुलाबी) भैंसी बलि हुनबाट जोगिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हेयरस्टाइलसँग मिल्दोजुल्दो सुनौलो कपाल भएका कारण यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिएको थियो।
मुस्लिमहरूको महान् पर्व ईद-अल-अधा (बकर ईद) मा बली चढाउनका लागि पुरानो ढाकाका एक व्यवसायीले नारायणगञ्जस्थित राबेया एग्रो फार्मबाट यो ७०० केजीको भैंसी खरिद गरेका थिए। तर, यसको अनौठो लुक्स, गुलाबी छाला, र सुनौलो कपालका कारण सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि फार्ममा सेल्फी खिच्ने र हेर्नेहरूको हजारौँको भीड लाग्न थाल्यो।
अत्यधिक जनचासो र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै बंगलादेश सरकारले यस विषयमा विशेष चासो देखायो। गृहमन्त्री सलाहउद्दीन अहमदको प्रत्यक्ष निर्देशनमा खरिदकर्तालाई रकम फिर्ता गराई भैंसीलाई बलि दिनबाट जोगाइएको छ। दक्षिण एसियामै दुर्लभ मानिने यो अल्बिनो प्रजातिको भैंसीलाई अब विशेष संरक्षणका लागि ढाका राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरिएको छ। आफ्नो नाम र अनौठो स्वरूपकै कारण नाटकीय रूपमा ज्यान जोगाउन सफल यो भैंसी यतिबेला विश्वभर चर्चाको विषय बनेको छ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया