गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् ।
समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।
इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ ।
गाजा समुद्र तटको किनारामा एक सानो क्षेत्रमा संकुचित भइसकेको छ । इजरायलले पहिले नै गाजा पट्टीको झण्डै ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेको अनुमान गरिएको छ ।
सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरू भएको दुई वर्ष लामो इजरायली सैन्य अभियानमा सानो तटीय क्षेत्रको ठूलो भूभाग खण्डहरमा परिणत भइसकेको छ ।
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने
हर्क साम्पाङलाई ट्राफिक प्रहरीले काट्यो चिट
रास्वपाको सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित : आईजीपी कार्की
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया