हर्क साम्पाङलाई ट्राफिक प्रहरीले काट्यो चिट
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कानुनी कारबाही गरिएको छ।
सामाजिक सञ्जालमा प्राप्त व्यापक जनगुनासो र भिडियो प्रमाणका आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उनीमाथि कारबाही गरेको हो।
केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा राईले एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले मोबाइल फोनमार्फत सेल्फी भिडियो खिच्दै सवारी चलाएका थिए। सोही क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फिता (स्ट्र्याप) समेत नलगाएको देखिएको थियो। उक्त लापरवाहीका कारण उनी सवार मोटरसाइकल सडकमा सामान्य अनियन्त्रित समेत बनेको थियो।
उनले सो भिडियो आफैं सामाजिक सञ्जालमा पोस्ट गरेपछि नियम बनाउने तहमा रहेका जनप्रतिनिधिले नै सडकमा लापरवाही गरेको भन्दै सर्वसाधारणले प्रहरीलाई मेन्सन गर्दै तत्काल कारबाही गर्न माग गरेका थिए। सार्वजनिक भएको रसिद र विज्ञप्तिमा राईलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) को खण्ड ‘ङ’ को उपखण्ड १८ बमोजिम ‘लापरवाहीका साथ सवारी चलाएको’ कसुरमा सुनसरीको इटहरीमा चिट काटिएको छ।
ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत आधिकारिक जानकारी दिँदै भनेको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ।
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
प्रतिक्रिया