इरान युद्धका कारण अमेरिकी सैन्य बजेटमा दबाब
इरानविरुद्ध जारी सैन्य अभियानका कारण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) आर्थिक दबाबमा परेको छ । नियमित तालिम र मर्मत कार्य सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेपछि सैन्य नेतृत्वले अमेरिकी कंग्रेससँग थप बजेट माग गरेको छ ।
अमेरिकी नौसेनाका प्रमुख डेरिल काउड्लले यो महिनाको सुरुवातमा हाउस आम्र्ड सर्भिसेज कमिटीसमक्ष बोल्दै सन २०२६ को बजेटमा ‘अपरेशन एपिक फ्युरी’ समावेश नगरिएको बताएका थिए । उनका अनुसार त्यसको असर नियमित सैन्य गतिविधिहरूमा परेको छ ।
प्रशिक्षण अभ्यास, उडान तालिमका घण्टा तथा नयाँ भर्ती सैनिकहरूको तालिमसमेत सीमित गर्नुपरेको उनले बताए । ‘मैले रेकर्ड स्तरको भर्ती गरेको भएपनि अतिरिक्त बजेट नपाए ती सैनिकलाई बुट क्याम्पबाट अघि बढाउन र भर्ती तथा पुनः भर्ती बोनस दिन कठिन हुनेछ,’ काउड्लले सांसदहरूलाई भने ।
यसैबीच, अमेरिकी सेनाको करिब ७० हजार सैनिक र सयौँ ट्यांकको नेतृत्व गर्ने III Armored Corps ले आफ्नो प्रशिक्षण बजेट अप्रिलको अन्त्यमा झन्डै २९ करोड २० लाख डलरले घटाइएको आन्तरिक दस्ताबेजमा उल्लेख छ । पेन्टागनले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
पेन्टागनका कार्यवाहक वित्त प्रमुख जुल्स जे हस्र्ट तृतीयले मे १२ मा हाउस एप्रोप्रिएसन्स कमिटीसमक्ष युद्धको हालसम्मको लागत करिब २९ अर्ब डलर पुगेको बताएका थिए । यस अनुमानमा हतियार र नष्ट भएका विमानहरूको लागत मात्र समावेश गरिएको र सैन्य अड्डा पुनर्निर्माणको खर्च नसमेटिएको उनले स्वीकार गरेका थिए ।
सीएनएनका स्रोतहरूका अनुसार, युद्धको वास्तविक कुल खर्च ४० देखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
प्रतिक्रिया