इरानले भन्यो: अमेरिकाले युद्धविरामको घोर उल्लंघन गर्यो, त्यसै छाडिन्न
इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भनेको छ।
बीबीसी फारसी सेवाका अनुसार इरानले अमेरिकी सेनाले ‘धेरैपटक’ युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएको छ।
इरानको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘अप्रिल ९ मा युद्धविराम घोषणा भएदेखि अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरै पटक युद्धविराम उल्लंघन गरेको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।’
यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी सेनाले गरेका कुनै पनि युद्धविराम उल्लंघनको बदला लिने अधिकारलाई वैधानिक र निर्णायक मानिने बताएको थियो।
इरानी सञ्चारमाध्यमले सोमबार बन्दर अब्बास र सहरको विमानस्थल वरपर विस्फोट सुनिएको उल्लेख गरेको थियो।
त्यसो त अमेरिकी सेनाले आफैँले सोमबार दक्षिणी इरानमा नयाँ आक्रमण गरिएको बताएको थियो।
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
प्रतिक्रिया