आन्तरिक कम्पनी विवादका कारण गेमिङ टाइकुनको हत्या गर्ने दोषीलाई मृत्युदण्ड
बेइजिङ । चिनियाँ अधिकारीहरूले एक व्यक्तिलाई प्रख्यात गेमिङ व्यापारी लिन क्विको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिएको छ ।
मृत्युदण्ड पाउने व्यक्ति पूर्ववकिल सु याओ हुन्, जसलाई अदालतले २०२४ मा दोषी ठहर गरेको थियो । चीनको स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना २०२० मा भएको हो । सुले लिनलाई विष प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरूबीच व्यापारिक विवाद बढेपछि यो घटना भएको बताइन्छ ।
लिन चीनको गेमिङ कम्पनी योजू गेम्सका संस्थापक थिए । उनले नेट्फ्लिक्ससँग सम्बन्धित ठुलो परियोजनामा कम्पनीलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसमा पछि विश्वव्यापी रूपमा चर्चित सिरिज ‘थ्री बढी प्रब्लम’ बन्यो । अदालत विवरणअनुसार सुले लिनलाई प्रोबायोटिक चक्की भनेर विषालु पदार्थ खुवाएका थिए । त्यसपछि २०२० डिसेम्बरमा लिन बिरामी परे । विष खुवाएको यस घटनामा अन्य कैयौं बिरामी परेका थिए । अस्पतालमा उपचारका क्रममा नौ दिनपछि उनको मृत्यु भयो, त्यतिबेला उनी ३९ वर्षका थिए ।
सुलाई २०२० मा नै प्रहरीले पक्राउ गरेको थियो र २०२४ मा अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो । पछिल्लो रिपोर्टअनुसार उनको मृत्युदण्ड २१ मे मा कार्यान्वयन गरिएको हो । लिनको मृत्युले चीनको गेमिङ उद्योग मात्र होइन, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई पनि झस्काएको थियो । उनी प्रसिद्ध गेम अफ थ्रोन्स–थिममा आधारित गेम विकास गर्ने कम्पनीका प्रमुखमध्ये एक थिए ।
उनको कम्पनीले विश्वप्रसिद्ध विज्ञान–कथा शृंखला रिमेम्ब्रेन्स अफ अर्थस पास्टको फिल्म अधिकार राखेको थियो, जसलाई पछि नेटफ्लिक्सले टेलिभिजन श्रृंखलामा रूपान्तरण गर्यो । सुको मृत्युदण्ड पुष्टि भएपछि न्याय अन्ततः पूरा भयो भन्दै लिनको कम्पनीले प्रतिक्रिया दिएको छ । लिनको मृत्युले उद्योगलाई ठुलो क्षति पुर्याएको कम्पनीका सहकर्मीहरूले बताएका छन् ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया