रूसको भन्यो– नागरिकहरूले तुरुन्त युक्रेनको राजधानी छोड्नु, आक्रमण हुनेछ
काठमाडौं– रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छोड्न आह्वान गरेको छ ।
रूसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए ।
आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो ।
मस्कोका अनुसार रूसले गत हप्ता ओरेश्निक हाइपरसोनिक मिसाइललगायतका हतियार प्रयोग गरेको पुष्टि गरेको छ ।
यो हतियार ध्वनिको गतिभन्दा १० गुणा बढी छिटो जान्छ र आणविक हतियार बोक्नसमेत सक्छ ।
रूसी अधिनस्थ लुगान्स्क क्षेत्रमा रहेको एक व्यावसायिक विद्यालयमा आक्रमण गरी २१ जनाको ज्यान लिएको आरोप लगाएको केही दिनपछि यो आक्रमण भएको हो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएका थिए ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थितिमा रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि व्यवस्थित आक्रमण सुरु गरिरहेको छ ।’
‘आक्रमणले निर्णय गर्ने केन्द्र र कमान्ड पोष्ट दुवैलाई लक्षित गर्नेछ । हामीले विदेशी नागरिक, कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय सङ्गठनका कर्मचारीलाई जतिसक्दो चाँडो शहर छाड्न चेतावनी दिइरहेका छौँ,’ मन्त्रालयले भनेको छ ।
युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याए रूसले मध्य किभमा ठूलो आक्रमण गर्ने धम्की दिएको थियो ।
रूसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो ।
रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो ।
युद्ध दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध बन्दै गएको छ ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया