इरानमा अमेरिकाको आक्रमण, ‘आत्मरक्षा’का लागि आक्रमण गरेको अमेरिकाको दाबी
काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । जारी युद्धविरामका बीच आक्रमण गरिएको हो । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बीच अमेरिकी सेना ‘संयम अपनाउँदै आफ्ना फौजको सुरक्षा गरिरहेको’ जिकिर गरेका छन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता ‘तत्काल हुन नसक्ने’ बताएका बेला अमेरिकाले इरानमा आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका क्याप्टेन हकिन्सका अनुसार आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको थियो । यो सहर इरानी नौसैनिक अड्डाको केन्द्र हो । यो क्षेत्र होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) क्षेत्रमा अवस्थित छ ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका थिए ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया