पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोटः २४ जनाको मृत्यु, ८२ घाइते
एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आईतवार बिहान भएको एक शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना अन्य घाइते भएका छन् ।
प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा ‘जाफर एक्सप्रेस’ को शटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार ईदको बिदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट स्टेशनबाट प्रस्थान गर्नै लाग्दा स्थानीय समयअनुसार बिहान ८ बजे विष्फोट भएको थियो ।
विस्फोटको तिब्रताका कारण रेलका केही डिब्बाहरू पटरीबाट खसेका छन् भने दुईवटा डिब्बामा आगलागी समेत भएको छ । सो क्रममा स्टेशन आसपास रहेका अन्य सवारी साधनहरूमा पनि क्षति पुगेको छ । हताहत हुनेहरूमा सर्वसाधारण महिला तथा बालबालिका समेत रहेको उद्धारमा खटिएका अधिकारीहरूले जानकारी दिएका छन् ।
घाइतेमध्ये ५७ जनालाई स्थानीय सैन्य अस्पताल र २५ जनालाई क्वेटास्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार यो एक आत्मघाती आक्रमण भएको हुनसक्ने देखिएको छ । आक्रमणकारीले ७० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ भरिएको सुसाइड भेइकल–बोर्न इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस प्रयोग गरेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया