ट्रम्पले मोदीलाई बोलाए ह्वाइट हाउस
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाबाट भ्रमणको निम्तो प्राप्त भएको छ।
भारत भ्रमणमा रहेका अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले मोदीलाई राष्ट्रपति ट्रम्पका तर्फबाट आफ्नो देश भ्रमणका निमन्त्रणा गरेका हुन्।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपति कार्यालय) आउन आधिकारिक निमन्त्रणा दिएका छन्।’
उनका अनुसार अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका हुन्।
सामाजिक सञ्जालमा सर्जियो गोरले लेखेका छन्, ‘विदेशमन्त्री मार्को रुबियोका साथ प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सामेल हुन पाउँदा निकै खुसी लाग्यो।’
उनले अगाडि लेखेका छन्, ‘हामीले सुरक्षा, व्यापार र त्महत्वपूर्ण प्रविधिका क्षेत्रमा भारत-अमेरिका सहयोग अझ बलियो बनाउने विषयमा छलफल गर्यौँ। भारत संयुक्त राज्य अमेरिकाका लागि धेरै महत्त्वपूर्ण साझेदार हो।
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
प्रतिक्रिया