ट्रम्पकी छोरीलाई हत्याको धम्की, इराकी नागरिक गिरफ्तार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई हत्याको धम्की आएको छ।
न्युयोर्क पोस्टले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित व्यक्तिले इभान्कालाई हमला गर्ने योजना बनाएको दाबी गरेको छ।
न्युयोर्क पोस्टले लेखेको छ, ‘अमेरिकी एफबीआईले ३२ वर्षीय इराकी नागरिक मोहम्मद बाकर साद दाऊद अल-सादीलाई पक्राउ गरेको छ। उनीविरुद्ध इभान्काको हत्या गर्ने वाचा गरेको आरोप छ।’
सन्दिग्ध व्यक्तिसँग इभान्का र उनका पति जेरेड कुसनरको फ्लोरिडास्थित घरको ब्लुप्रिन्ट पनि फेला परेको दाबी गरिएको छ।
ती व्यक्तिले सामाजिक सञ्जाल एक्समा फ्लोरिडा क्षेत्रको नक्सा पोस्ट गरेका छन्, जहाँ इभान्का र जेरेडको लगभग २४ मिलियन डलर मूल्यको घर छ।
साथै उनले धम्की दिँदै लेखेका छन्, ‘अमेरिकीहरूले बुझ्नुपर्छ- ठुलो सुरक्षा र गोप्य सेवाले मात्र उनीहरूको सुरक्षित रहँदैनन्। हामी उनीहरूमा नजर राखिरहेका छौँ र सही समयमा बदला लिनेछौँ।’
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
प्रतिक्रिया