जुनदेखि कुवेतले अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने
आगामी जुन –१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ ।
नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरु सुरु गर्ने निर्णय गरिएको बताउनुभएको छ ।
सुरक्षित र सहज हवाई यातायात प्रवाह र यात्रु आवागमन सुनिश्चित गर्न परिचालन तयारी भई रहेको उल्लेख गर्दै उहाँले प्राविधिक मूल्याङ्कनको आधारमा एयरपोर्ट तथा उडानहरु पुनः खोलिने बताउनुभएको छ । उहाँले एयरपोर्ट तथा उडानहरुको पूर्ण सञ्चालनका लागि प्रत्येक चरणको मूल्याङ्कन जारी रहेकोसमेत बताउनुभएको छ ।
अल सबाहले टर्मिनल –१ मा हाल सुविधालाई स्थर उन्नती गर्ने र उच्च सुरक्षा मापदण्ड अनुरूप यात्रुहरूको प्रवाह बढाउने उदेश्यले मर्मत तथा विकासका कामहरु भई रहेको बताउनु भएको छ ।
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
प्रतिक्रिया