रोनाल्डोको चमकमा अल-नासर साउदी प्रो लिग च्याम्पियन
साउदी प्रो लिगको अन्तिम दिन अल-नासरले शानदार प्रदर्शन गर्दै डाम्याकलाई ४–१ गोल अन्तरले पराजित गरी सन् २०१८–१९ पछि पहिलो पटक लिग उपाधि जितेको छ। यससँगै विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले अल-नासरका लागि आफ्नो पहिलो साउदी प्रो लिग ट्रफी उचाल्न सफल भएका छन्।
उपाधि जित्न अन्तिम खेलमा जित अनिवार्य रहेको दबाबबीच अल-नासरका स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। खेलको ३४औँ मिनेटमा Sadio Mane ले Joao Felix को कर्नरमा आकर्षक हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफको ५२औँ मिनेटमा Kingsley Coman ले डिबक्स बाहिरबाट शानदार कर्लिङ सट प्रहार गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ६०औँ मिनेटमा मोहम्मद सिमाकानको ह्यान्डबलपछि डाम्याकका Morlaye Sylla ले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
तर त्यसपछि खेलमा रोनाल्डो चम्किए। Cristiano Ronaldo ले कठिन कोणबाट शानदार फ्रि–किक गोल गर्दै अल-नासरलाई पुनः सहज अवस्थामा पुर्याए। खेल सकिन ९ मिनेट बाँकी रहँदा उनले अर्को उत्कृष्ट गोल थप्दै टोलीको ४–१ को ऐतिहासिक जित र उपाधि सुनिश्चित गरे।
रोनाल्डोले यस सिजन लिगमा कुल २८ गोल गरे। उनी सर्वाधिक गोलकर्ताको सूचीमा Julian Quinones (३३ गोल) र Ivan Toney (३२ गोल) पछि तेस्रो स्थानमा रहे।
उता उपाधि होडमा रहेको Al-Hilal ले Al-Fayha लाई १–० ले हराए पनि अल-नासरको जितका कारण दोस्रो स्थानमै सीमित बन्न पुग्यो। यस हारसँगै Damac FC भने रेलिगेसनमा परेको छ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया