राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नुवाकोटस्थित सूर्यगढी गाउँपालिकामा प्रथम पालिका अधिवेशन जेठ ९ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नुवाकोटस्थित सूर्यगढी गाउँपालिकामा प्रथम पालिका अधिवेशन यही जेठ ९ गते हुने भएको छ। उक्त अधिवेशनको उद्घाटन नेपाल सरकारका माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाज्यूबाट हुने आयोजकले जनाएको छ।
अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र, प्रदेश, क्षेत्र, जिल्ला तथा पालिका तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै पार्टीका सदस्य, शुभेच्छुक, समर्थक तथा स्थानीय सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी भई आफ्नो विचार, सुझाव तथा धारणा राख्न सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध गरेको छ। अधिवेशनमार्फत संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य लिइएको बताइएको छ।
“आउनुहोस्, सहभागिता जनाऔँ, विचार साझा गरौँ र सशक्त संगठन निर्माणमा हातेमालो गरौँ” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया