ट्रम्पलाई पेजेस्कियानको चेतावनी: दबाबबाट इरानलाई झुकाउन खोज्नु भ्रम मात्र
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशले सधैँ आफ्ना प्रतिज्ञा पूरा गरेको दाबी गर्दै युद्धबाट बच्न हरसम्भव प्रयास गरेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले इरान सबै बाटोका लागि खुला रहेको पनि उल्लेख गरेका छन्।
उनले एक्समा लेखेका छन्, ‘वार्ताको अर्थ आत्मसमर्पण होइन। इरानको इस्लामिक गणतन्त्रले मर्यादा र राष्ट्रको अधिकारको रक्षाका साथ वार्ता गर्छ। कुनै पनि परिस्थितिमा यो जनता र राष्ट्रको वैध अधिकारबाट पछि हट्ने छैन।’
साथै उनले तर्क र पूर्ण शक्तिका साथ अन्त्यसम्म जनताको सेवा गर्ने प्रतिबद्धता जाहेर इरानको हित र सम्मानको रक्षा गर्ने उल्लेख गरेका छन्।
उनले थप लेखेका छन्, ‘दबाबको माध्यमबाट इरानलाई झुकाउने प्रयास केवल भ्रम हो। कूटनीतिमा पारस्परिक सम्मान युद्धभन्दा धेरै बुद्धिमानी, सुरक्षित र दिगो मार्ग हो।’
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि समय सकिनै लागेको चेतावनी दिएका थिए।
उनले भनेका छन्, ‘इरानले शतप्रतिशत सन्तोषजनक उत्तर दिएन भने अमेरिका द्रुत कारबाही गर्न तयार छ।’
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया