एमालेको सचिवालय बैठकले विद्या भण्डारी उत्साहित, यस्तो छ प्रतिक्रिया
नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्साहित देखिएकी छन् ।
पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई ‘माग अनुसारको र सकारात्मक’ कदमका रूपमा चित्रण गर्दै भण्डारी उत्साहित रहेको जनाएको छ । एमालेको यो निर्णयले आगामी दिनमा पार्टी र देशका लागि राम्रो परिणाम दिने भण्डारीका स्वकीय सचिव राजकुमार राईले सोमबार राति रातोपाटीलाई प्रतिक्रिया दिएका छन् ।
राईका अनुसार, एमालेले विगतमा आवश्यकता महसुस गरेरै भण्डारीलाई पार्टीको उपाध्यक्ष र पछि दुई कार्यकालका लागि मुलुकको राष्ट्रपति बनाएको थियो ।
‘एमालेले चाहेरै पार्टी उपाध्यक्ष, राष्ट्रपति बनाएको हो । आवश्यकता र एमाले पंक्तीले चाहे उहाँ सक्रिय राजनीति र आवश्यक नेतृत्वका लागि तयार हुनुहुन्छ, हुनै पर्छ,’ राईले भने, ‘राजनीति, जलवायु परिवर्तन, महिला, बालबालिका, समाजसेवा लगायत अनेक क्षेत्रमा उहाँको योगदान र सक्रियता छ । उहाँले आवश्यकताको सम्बोधन गर्नु हुनेछ । अप्ठ्यारो पर्दा, संकट पर्दा उहाँको योगदान फलदायी हुन्छ होला ।’
सोमबारको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने विषयले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया