इरान युद्धका बिच साउदीमा लडाकु विमानसहित ८ हजार पाकिस्तानी सैनिक तैनाथ
इरान युद्धका बिच पाकिस्तानले साउदी अरेबियामा ८ हजार सैनिक, लडाकु विमान र हवाई रक्षा प्रणाली तैनाथ गरेको छ।
न्युज एजेन्सी रोयटर्सका अनुसार, यो तैनाथी दुई देशबिचको रक्षा सम्झौताअन्तर्गत गरिएको हो।
रिपोर्टमा भनिएको छ, ‘पाकिस्तानले लगभग १६ जेएफ-१७ लडाकु विमान, एक ड्रोन स्क्वाड्रन र एक चिनियाँ निर्मित एचक्यू-९ वायु रक्षा प्रणाली पनि साउदी अरेबियामा पठाएको छ। जुन पाकिस्तानी सेनाले सञ्चालन गरिरहेको छ भने साउदी अरेबियाले खर्च बेहोरिरहेको छ।’
आवश्यक परेमा पाकिस्तान थप सेना पठाउन पनि तयार छ। यद्यपि पाकिस्तानी सेना, विदेश मन्त्रालय र साउदी सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेका छैनन्।
यसैबिच इरानले अमेरिकालाई होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी अन्त्य गर्न आह्वान गरेको छ। अन्यथा ओमान सागरलाई अमेरिकी सेनाको चिहानमा परिणत गर्ने धम्की दिएको छ।
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन
ट्रम्पको दाबी: इजरायल र इरान तत्काल युद्धविराम चाहन्छन्
प्रतिक्रिया