एमाले केन्द्रीय सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने
नेकपा (एमाले) केन्द्रीय सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने भएको छ।
सोमबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीरकण गर्ने निर्णय गरेको छ। झण्डै चार घण्टा बसेको बैठकमा भण्डारीको सदस्यता नवीकरणका विषयमा व्यापक छलफल भएको जनाएको छ।
आजको बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्। अन्य विषयमा छलफल गर्न अर्को बैठक जेठ ८ गते बिहान ११ बजे बोलाइएको उनले बताइन्।
अर्को बैठकमा एमाले नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने जनाइएको छ। त्यही बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने विषय पनि समावेश हुने भएको छ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया