नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेले त्यहाँको सर्वोच्च सम्मानबाट सम्मानित गरेको छ ।
नर्वेका राजा हाराल्ड पाँचौंले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान 'रोयल नर्वेजियन अर्डर अफ मेरिट' को ग्रान्ड क्रस प्रदान गरेका हुन ।
यो नर्वेको सर्वोच्च सम्मान मानिन्छ। यससँगै प्रधानमन्त्री मोदीले अहिलेसम्म ३२ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् । यसअघि आइतबारमात्रै स्वीडेनले पनि उनलाई आफ्नो सर्वोच्च सम्मानबाट सम्मान गरेको थियो।
सम्मानित भएसँगै सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रान्ड क्रस प्राप्त गर्न पाउँदा खुशी छु । यो सम्मान भारतका जनताप्रति समर्पित छ ।'
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नर्वेको राजधानी ओस्लोमा नर्वेली प्रधानमन्त्री जोनास स्टोरसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनको क्रममा उनले भने, 'गत वर्ष भारत र युरोपेली स्वतन्त्र व्यापार संघ (इफ्टा) देशहरू बीचको ऐतिहासिक व्यापार र आर्थिक साझेदारी सम्झौता लागू भएको थियो।'
मोदीका अनुसार यो सम्झौताले भारत र नर्वेबीच साझा विकास र समृद्धिको लागि बलियो जग बसाल्नेछ । यो सम्झौताले आगामी १५ वर्षमा भारतमा १०० अर्ब डलरको लगानी र १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन
ट्रम्पको दाबी: इजरायल र इरान तत्काल युद्धविराम चाहन्छन्
डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपा…
प्रतिक्रिया