उद्योगधन्दामा चाहिने कच्चा पदार्थहरूमा कर छुट दिनुपर्ने सांसद पुनको माग
स्वतन्त्र सांसद महावीर पुनले कच्चा पदार्थमा लगाइने कर छुट दिन माग गरेका छन्।
आज (सोमबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा पुनले उद्योगधन्दामा चाहिने कच्चा पदार्थहरूमा कर छुट दिनुपर्ने बताएका हुन्।
‘कुनै पनि विकसित देशले उद्योगधन्दालाई चाहिने कच्चापदार्थहरूमा कर लगाउँछन् कि लगाउँदैनन् भनेर च्याटजीपीटीलाई सोधेको, लगाउँदै लगाउँदैनन् रे,’ उनले भने, ‘नेपालमा भने ठूलो कर लगाइएको छ। हामी आफैँले पनि वीरगञ्ज कृषि औजार कारखानाका लागि ठूलो कर तिरिरहेका छौँ।’
कच्चा पदार्थमा कर लगाउँदा उत्पादित सामान महँगो हुने तर बाहिरबाट कृषि औजार ल्याइँदा कर नलगाइने उनको गुनासो छ। साथै उनले नेपालमा प्याटेन्ट कार्यालयलाई प्रभावकारी बनाउन सुझाव दिए। ‘नेपालमा मात्रै प्याटेन्ट गरे पुग्दैन, जुन देशमा व्यापार गर्ने त्यहाँ पनि प्याटेन्ट गर्नुपर्छ। यसका लागि सरकारले अनुदान दिनुपर्छ नत्र युवाहरूको इन्टेलेक्चुअल प्रोपटी हराएर जान्छ,’ उनले भने, ‘उत्पादन गरेर पैसा कमाउन थाले पछि कर पनि तिर्छन, रोजगारी पनि सिर्जना हुन्छ। त्यसैले प्रोत्साहनका लागि करमा छुट दिनुपर्छ।’
यस्तै उनले नवप्रवर्तनको क्षेत्रमा पुँजीगत खर्चको एक प्रतिशत छुट्याउन पनि माग गरेका छन्। त्यसलाई बहुवर्षीयरूपमा राख्नुपर्ने उनको सुझाव छ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया