सरकारले सुकुम्बासीलाई १५ हजार घरभाडा वितरणको तयारी
सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन् । बैठकमा शहरी विकास मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनसम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समिति सभापति हरि ढकालका अनुसार काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूको पहिचानका लागि हाल ‘स्क्रिनिङ’ प्रक्रिया चलिरहेको छ । उक्त प्रक्रिया पूरा भएपछि फास्ट ट्रयाकमार्फत लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए ।
ढकालका अनुसार सरकारले लालपुर्जा वितरण नभएसम्मका लागि वास्तविक सुकुम्बासीलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । यसका लागि आवश्यक स्रोतसमेत सुनिश्चित भइसकेको जानकारी समितिलाई दिइएको उनले बताए ।
सरकारी पक्षले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाहरूको पोषणका लागि आवश्यक प्रबन्ध मिलाइएको दाबी पनि गरेको छ ।
यसैबीच, सरकारले प्रस्तुत गरेको कार्यप्रगति र वास्तविक अवस्थाबारे यथार्थ जानकारी लिन संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।
सरकारले सुकुम्बासीलाई १५ हजार घरभाडा वितरणको तयारी
सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने तयारी गरिरहेको छ। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्!
Keywords: सरकारको निर्णय सुकुम्बासीका लागि,सुकुम्बासीका लागि घरभाडा मद्दत,लालपुर्जा वितरण प्रक्रिया,सुकुम्बासी पहिचानको प्रक्रिया,सुकुम्बासी व्यवस्थापनका लागि भाडा,सरकारी सहायता सुकुम्बासी परिवारको लागि,सुकुम्बासीको चासोका विषयहरू,काठमाडौँको भूमिहीन सुकुम्बासी,सरकारी विकास योजना सुकुम्बासीलाई,सुकुम्बासीको जीवन स्तर सुधार
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया