यूएईको आणविक ऊर्जा प्लान्टमा ड्रोन प्रहार
संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको बाराकाह आणविक ऊर्जा प्लान्टको परिधिमा ड्रोन प्रहारले आगलागी भएको छ।
अबुधाबीका अधिकारीहरूले आइतबार अल धाफ्रा क्षेत्रमा प्लान्टको भित्री भागको बाहिर रहेको विद्युतीय जेनेरेटरमा आगलागी भएको बताएका छन्। यद्यपि कोही पनि घाइते भएका छैनन्।
यस्तै अधिकारीहरूले विकिरणको स्तर पनि सामान्य रहेको बताएका छन्।
यूएईको आणविक नियामकले आक्रमणले अरब प्रायद्वीपको पहिलो आणविक ऊर्जा केन्द्र सञ्चालनमा कुनै असर नपरेको बताएको छ।
उसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘सबै एकाइ सामान्य रूपमा सञ्चालन भइरहेका छन्।’
अहिलेसम्म कुनै पनि संगठन वा देशले आक्रमणको जिम्मेवारी लिएको छैन, तर इरानप्रति शंका गरिएको छ।
किनकि इरानले हालै यूएईलाई बारम्बार धम्की दिइरहेको थियो।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
प्रतिक्रिया