मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कँदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन् ।
जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।
गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा परी घाइते भएका पाँच जनालाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
घाइते भएका काठमाडौं बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ ।
स्कोर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपा…
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिक्रिया