५८ वर्षीय बुवाको हत्या गरेको आरोपमा २४ वर्षका युवक पक्राउ
बुवाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक युवकलाई पक्राउ गरेको छ।
आफ्नै बुबा ५८ वर्षीय जङ्गबहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारू पक्राउ परेका हुन्।
सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको हो।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
हत्याको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
श्रीमती महिनावारी हुँदा छोरीमाथि बलात्कार
प्रतिक्रिया