संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्य–मान्यता र जीवनशैलीको प्रतिविम्ब हो, भने राजनीति ती मूल्य–मान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो ।
त्यसैले संस्कृति र राजनीतिबीचको अन्तरसम्बन्धलाई बुझ्नु समाजको समग्र विकास बुझ्नु जस्तै हो । राजनीति र संस्कृति अलग–अलग क्षेत्र भने पक्कै होइनन् । संस्कृति नै राष्ट्रको आत्मा हो र राजनीति त्यस आत्माले निर्देशित हुनुपर्छ । भाषा, धर्म, परम्परा, चाडपर्व, कला, साहित्य, रहनसहन, विश्वास प्रणाली र सामाजिक मूल्य मिलेर संस्कृति निर्माण हुन्छ ।
संस्कृति राष्ट्रको पहिचान हो भने राजनीतिले त्यो पहिचानको संरक्षण, सम्मान र प्रवद्र्धन गरेको हुर्नुपर्छ । राजनीति र सांस्कृतिक मूल्यबीचको सन्तुलनले मात्र समाजलाई सुदृढ र देशलाई गतिशील बनाउँछ । संस्कृति प्रत्येक व्यक्ति वा राष्ट्रको आफ्नो पहिचान हो, पहिचानबिहीन हुन न व्यक्ति सक्दछ, न राष्ट्र नै । हरेक व्यक्तिको राजनीति धर्म र संस्कृतिबाट सुरक्षित र सुगठित हुन्छ ।
नेपाली राजनीतिक प्रक्रियाले सांस्कृतिक मूल्य र सामाजिक एकतालाई कमजोर बनाएको खण्डमा राष्ट्र कमजोर हुने सम्भावना रहन्छ । नेपाली संस्कृति मात्र परम्परा वा रीतिरिवाज नभइ समाजको पहिचान, एकता र सामाजिक सद्भावको आधार पनि हो । हाम्रा पुराना संस्कार, आदर्श र सांस्कृतिक अभ्यासलाई स्मरण गराएर नेपाली समाजलाई अझ समृद्ध र दिगो बनाउन सकिन्छ । राजनीतिक नेतृत्वले संस्कृतिकै आधारमा निर्णय गरेमा देशमा सकारात्मक परिवर्तन आउन सक्दछ । विशेषगरी पुराना मान्यता, भाषा, र मूल्यमा आधारित व्यवहारलाई आधुनिक जीवनशैलीमा हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।
नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक देश हो र यो नै नेपालको विशिष्ट मौलिक पक्ष हो । सबै जात, धर्म, वेषभूषा भएका मानिसबीचको एकता, सम्मान र विश्वास नै नेपालको धरोहर हो । यो वास्तविकतालाई हरेक राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ताले पनि राम्ररी बुझेका छन् ।
कहिलेकाहीँ अर्काको इशारा र स्वार्थमा परेर विवादास्पद अभिव्यक्ति दिने, जातीय, धार्मिक विद्वेष फैलाउने दुस्कार्य हुन खोजे पनि त्यसलाई आम जनताले तिरस्कार गरी आपसी प्रेम, विश्वास र सद्भावलाई खल्बलिन दिँदैनन् । राजनीतिक व्यवस्थाले यी सबैलाई समेटेर राखेकै कारण नेपालमा कुनै पनि खालको जातीय, भाषिक वा धार्मिकद्वन्द्व वा विद्रोह हुन पाएको छैन ।
समन्वयात्मक संस्कृतिले राजनीतिक व्यवस्थालाई पनि समेटेर राखेको छ । नेपाल आध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचित छ । पछिल्लो समय नेपाली समाज विकृतिले भरिन थालेको छ । हरेक जातजाति अनुसार मिलेर बसेको नेपाली समाजलाई पछिल्लो समय भने केही धर्मको नाममा, जातीयताको नाममा राजनीति गर्नेहरुले बिगार्दै लगेको पाइन्छ । नेपाली समाज विकृत रूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको छ ।
पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
सात वर्षपछि उत्तर कोरिया पुग्दै सी, यसकारण विश्वकै लागि महत्त्वपूर्ण हुनेछ यो भ्…
चौध आणविक रिएक्टर प्रतिस्थापन गर्ने जापानको योजना
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
प्रतिक्रिया