रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ, १० दिनपछि मुख्य आरोपित सार्वजनिक

झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुंग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।