मधेसका सभामुखका लागि दुई जनाको उम्मेदवारी
मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना सांसदले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए। शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन्। सभामुखमा उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै, त्रिलोकी प्रसादको उम्मेदवारीमा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन्। सभामुखका लागि उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।
मधेस प्रदेश सभाका सभामुखका लागि आइतबार निर्वाचन तोकिएको छ।
मधेश प्रदेशमा हरियाली क्षेत्र बढाउन संसदीय समितिले निर्देशन
‘जुन आमाको कोखबाट जन्मिए उनैको थरबाट नागरिकता चाहन्छु’
‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’
मधेशको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नद…
ओलीको कदम मधेशमा ब्याकफायर, प्रदेश प्रमुखपछि सभामुख पनि गुमाउदै
मधेशमा किचलाे: सरकार त बन्याे, मन्त्रिपरिषद विस्तार हुन सकेन
मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित
प्रतिक्रिया