बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
काठमाडौँ, ६ माघः बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचाैँ अधिवेशन बस्ने तयारी गरेको छ ।बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
“प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ”, सभामुख पाठकले भन्नुभयो, “प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ । सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला”, उहाँले भन्नुभयो ।
गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
मुख्यमन्त्रीहरुले प्रम ‘प्रचण्ड’लाई भेटेर दिए आन्दोलनको चेतावनी
प्रतिक्रिया