तीनवटै तहका सरकारबीच समन्वय हुदैँ छ: मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनु भएको छ ।
हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उहाँले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनुभयो ।
संविधान कार्यान्वयनमा सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गर्नुभयो । सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
गोष्ठीमा गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले सङ्घीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन् ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
प्रतिक्रिया