स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
गण्डकी, १२ वैशाख : रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ ।
‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उहाँले बताउनुुभयो ।
तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
मुख्यमन्त्रीहरुले प्रम ‘प्रचण्ड’लाई भेटेर दिए आन्दोलनको चेतावनी
प्रतिक्रिया