प्रदेश १ सरकारको विश्वास मत प्रस्तावमाथि आज मतदान हुने,वाग्मती प्रदेशमा १० गते
कतठमाडाैँ। प्रदेश १ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विश्वासको मत प्रस्ताव माथि आज मतदान हुने भएको छ ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा शुक्रबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेश प्रमुखले सो प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आज मतदान हुने जानकारी गराउँदै शुक्रबारको बैठक स्थगित गरेका थिए ।
यस अघि प्रदेश १ मा बेमौसमी बाढी पहिरोले पुर्याएको क्षतीको बारेमा मुख्यमन्त्रीले संसदलाई जानकारी गराएका थिए ।प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री भएका आचार्य एमाले फुटेर नेकपा एकिकृत समाजवादी बनेपछि अल्पमतमा परेका छन् । त्यसैले उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।सत्ता गठबन्धन एक भएकाले उनले विश्वासका मत पाउने सम्भवाना छैन ।
यस्तै, वाग्मती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि कात्तिक १० गते मतदान हुने भएको छ । यहाँ पनि एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् । दुबै प्रदेशबाट एमालेको सरकार बाहिरीने पक्का जस्तैछ ।
गण्डकी र लुम्बिनी प्रदेशबाट यस अघि नै हटिसकेको छ । सबै प्रदेशमा गठबन्धन दलले भागबण्डाको आधारमा मुख्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।संघीय सरकारसँगै ७ मध्ये ६ प्रदेशमा वामपन्थी सरकार बनेको थियो । जसमध्ये एमालेको भागमा चारवटा प्रदेश र माओवादीको भागमा २ वटा प्रदेशमा सरकार नेतृत्व थियो ।
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
प्रतिक्रिया