प्रदेश १ सरकारको विश्वास मत प्रस्तावमाथि आज मतदान हुने,वाग्मती प्रदेशमा १० गते

कतठमाडाैँ।  प्रदेश १ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विश्वासको मत प्रस्ताव माथि आज मतदान हुने भएको छ ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा शुक्रबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेश प्रमुखले सो प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आज मतदान हुने जानकारी गराउँदै शुक्रबारको बैठक स्थगित गरेका थिए ।

यस अघि प्रदेश १ मा बेमौसमी बाढी पहिरोले पुर्याएको क्षतीको बारेमा मुख्यमन्त्रीले संसदलाई जानकारी गराएका थिए ।प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री भएका आचार्य एमाले फुटेर नेकपा एकिकृत समाजवादी बनेपछि अल्पमतमा परेका छन् । त्यसैले उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।सत्ता गठबन्धन एक भएकाले उनले विश्वासका मत पाउने सम्भवाना छैन ।

यस्तै, वाग्मती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि कात्तिक १० गते मतदान हुने भएको छ । यहाँ पनि एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् । दुबै प्रदेशबाट एमालेको सरकार बाहिरीने पक्का जस्तैछ ।

गण्डकी र लुम्बिनी प्रदेशबाट यस अघि नै हटिसकेको छ । सबै प्रदेशमा गठबन्धन दलले भागबण्डाको आधारमा मुख्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।संघीय सरकारसँगै ७ मध्ये ६ प्रदेशमा वामपन्थी सरकार बनेको थियो । जसमध्ये एमालेको भागमा चारवटा प्रदेश र माओवादीको भागमा २ वटा प्रदेशमा सरकार नेतृत्व थियो ।