प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत
काठमाडौँ, ३२ साउन : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल)ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन एक कार्यक्रमका बीच आज हस्तान्तरण गर्नुभएको छ ।
मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त प्रतिवेदन प्रदेशसभा समक्ष पेस गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउने उल्लेख छ ।
प्रतिवेदन बुुझ्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक काम कारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । प्रदेश सरकारलाई कानुनी सवालमा कहीकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहने बताउँदै उहाँले कानुनको व्यावहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रतिवेदन प्रस्तुुत गर्दै मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी प्रावधानअनुसार गत आवमा सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकमा निर्माणमा सहयोग गरेको, स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धिसम्बन्धी तालिमका साथै बाल सुधार गृह र कारगार निरीक्षण, कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
प्रदेश न्याय सेवा आयोग गठन र प्रदेश कानुन निर्माण भएपछि स्थानीय अदालत गठन हुने विषय संविधानले उल्लेख गरेको बताउँदै उहाँले सङ्घीयता खर्चिलो भएको भनिरहँदा स्थानीयस्तरमा अदालत पुग्दा झनै खर्चभार बढाउनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशलाई सशक्त बनाउनुपर्ने तर देशको व्ययभार घटाउन मुख्य न्यायाधिवक्ताहरूको भेलाबाट सरकारलाई सुझाव प्रदान गरिएको पनि बताउनुभयो
इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
प्रतिक्रिया