आगलागी हुँदा मृत्यु हुनेमध्ये १५ जनाको पहिचान मृत्यु : हुनेमध्ये १० जना भारतीय र पाँचजना मलेसियन
काठमाडौं । दक्षिण कुवेतको मंगाफ सहरको कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा मृत्यु हुनेमध्ये १५ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमध्ये १० जना भारतीय र पाँचजना मलेसियन रहेको कुवेतका मिडियाले उल्लेख गरेका छन् । मृत्यु हुने भारतीय अधिंकाश दक्षिणी क्षेत्रका छन् ।
आगलागी भएको भवनमा १९५ जना विदेश कामदार राखिएको थियो । त्यहाँ बस्ने कामदार अधिकांश भारतको केरला, तमिलनाडु र उत्तर भारतका रहेको जनाइएको छ ।
आगलागी भएको भवन एनबीटीसी ग्रुपसँग सम्बन्धित रहेको थियो । यसका मालिक मलेसियाका व्यापारी केकी अब्राहम हुन् ।आगलागी भएको भवनमा नेपाली पनि रहेको आशंका गरिएको छ । घटनामा नेपाली कामदार परे वा नपरेकोबारे बुझ्न कुवेतस्थित नेपाली दूतावासले आफ्ना तीन कर्मचारीलाई घटनास्थलमा पठाएको छ ।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार हालसम्म नेपाली कामदार उक्त घटनामा परेको भन्ने सूचना प्राप्त नभएको जनाए ।
गैरआवासीय नेपाली संघ, कुवेतका पूर्वअध्यक्ष सुजन केसीले आगलागी भएको भवनमा नेपाली पनि रहेको भन्ने सूचना आएको जनाए । तर, घटनामा नेपाली कामदार परे वा नपरेको भने हालसम्म केही नखुलेको बताए ।
आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकले नियमको उल्लंघन गरी भवन बनाएको आरोप लगाएका छन् । उनले कम्पनीले नियमविपरीत क्षमताभन्दा बढी कामदार उक्त भवनमा राखेको जनाएका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
घटनास्थलमा बुझ्नको लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीनजनालाई पठाइएको राजदूत लम्सालले बताए ।
अस्ट्रेलियामा आप्रवासी श्रमिकमाथि चरम आर्थिक शोषण हुने गरेको खुलासा
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
सुनचाँदीकै मूल्यमा गिरावट
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
प्रतिक्रिया