नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको हृदयघातका कारण निधन
सदाबहार नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको निधन भएको छ।
काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका दीपेशको सडकमै निधन भएको परिवारका सदस्यले जनाएका छन्।
३९ वर्षीय लामाको हृदयघातका कारण निधन भएको आशंका छ। थुप्रै गीतमा मोडलिङ गरेका उनको 'तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म' सर्वाधिक हिट मानिन्छ। आलोक नेम्वाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ।
दीपेशले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया