टी–२० विश्वकप : नामिबियामाथि अस्ट्रेलियाको ९ विकेटको सानदार जित
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलिया सानदार जित हात पारेको छ।
समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो।
अस्ट्रेलियाका जितका लागि ट्रेविस हेडले सर्वाधिक ३४ रन बनाउँदा डेभिड वार्नरले २० रनको पारी खेले जबकी मिचेल मार्सले १८ रन जोडे। जितसँगै अस्ट्रेलियाको सुपर ८ मा पुग्ने सम्भावना पनि बलियो बनेको छ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न आएको नामिबियाले निर्धारित ओभरको १७ ओभर खेल्दै सबै विकेट गुमाएर जम्म ७२ रन मात्रै बनाउन सक्यो।
सुरुदेखि नै कमजोर प्रदर्शन गरेको नामिबियाका कुनैपनि खेलाडी अस्ट्रेलियन बलर समक्ष टिक्न सकेनन्। नामिबियाका कप्तान जेराल्ड एरासमसले सर्वाधिक ३६ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडीले २० रन पनि कटाउन सकेनन्। नामिबियालाई सस्तोमै समेट्न अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए।
यस्तै जोस ह्याजलउड, मार्कस स्टोइनिसले समान २/२ लिाँदा नाथन इलिस र प्याट कमिन्सले समान १/१ विकेट लिए।
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
प्रतिक्रिया