नेपालका डलर अर्बपति चौधरी विश्वका अर्बपतिको ११७ स्थान सूचीमा

काठमाडौँ- नेपालका डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा ११७ स्थान तल झरेका छन्।

फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीमा चौधरी ११७ स्थान तल झर्दै १७६४औं स्थानमा पुगेका छन्।

सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १६४७औं स्थानमा थिए। तर, एकै वर्षमा उनको स्थान ११७ ले खस्किएको छ।

सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर रहेको थियो। सन् २०२४ मा आइपुग्दा पनि उनले सम्पत्ति बढाउन नसकेको फोर्ब्सको सूचीमा उल्लेख छ।

सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १ अर्ब ५० करोड अमेरिकी डलर पुगेको थियो।