नेपाल राष्ट्र बैंकको प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nrb-1_HBSYiWH5zT_aP0jWmOH09_1KV0XO9JZd_v6mfhxk9ex1qxok4vnstto3yfh4g13dcizzbx9lb7yhop5qm35rncunpyvuq_tbPd1kajxZ_eorqoq5te1wm9nsfu4axrrkbc5rgzmmffvrjtnxq7jxgqhdnsjuq5shhg9jy.jpg)
नेपाल राष्ट्र बैंकको एउटा प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा झण्डै अढाइ अर्ब रुपैयाँ बढेको छ । मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले असल कर्जाको विद्यमान प्रोभिजनिङ दर घटाइदिँदा बैंकको नाफामा सकारात्मक असर पार्ने देखिएको हो । त्यस्तै हायर पर्चेज कर्जाको जोखिमभार घटाउँदासमेत बैंकको नाफामा केही सुधार हुने देखिन्छ ।
शुक्रबार सार्वजनिक गरिएको समीक्षामा हाल असल कर्जामा कायम गरिएको १.२५ प्रतिशतको प्रोभिजनिङ दरलाई ०.०५ प्रतिशत विन्दुले घटाइएको छ । अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कर्जा सापटी दिने बित्तिकै कर्जा नउठ्न सक्छ भन्ने आधारमा प्रोभिजनिङ गर्नुपर्छ । अहिले १०० रुपैयाँ कर्जाबापत १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था रहेकोमा अहिले घटाएर १.२० प्रतिशतमा झारिएको हो ।
अहिले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल ५१ खर्ब २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । त्यसमध्ये ३.९८ प्रतिशत बराबरको निष्क्रिय कर्जा रहेको छ । त्यो भनेको २ खर्ब ३ अर्ब रुपैयाँ बराबर हो । बाँकी अर्थात् ४९ खर्ब १६ अर्ब रुपैयाँ बराबर हो ।
यसको ०.०५ प्रतिशत भनेको २ अर्ब ४५ करोड रुपैयाँ बराबर हो । नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली यसरी घटेको प्रोभिजनिङ रकमले प्रत्यक्ष रुपमा नाफा बढाउने बताउँछन् ।
त्यस्तै हायर पर्चेज कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ । अहिले बैंकहरुको हायर पर्चेज कर्जा १ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । कुल कर्जा सो बराबर भएका पनि बैंकरुले जोखिम भारका कारण यसको एक चौथाई अर्थात् ३३ अर्ब रुपैयाँ बराबरको बढी कर्जा गणना गर्नुपर्छ ।
यस बापतको प्रोभिजनिङसमेत गर्नुपर्ने थियो । अब यो रकम बराबरको असल कर्जामा १.२० प्रतिशत बराबरले हुने झण्डै ४० करोड रुपैयाँ बराबरको प्रोभिजनिङ कम गर्नुपर्छ । यसले समेत प्रत्यक्ष रुपमा नाफा बढ्ने बैंकर्सको भनाइ छ ।
यी दुई वटा प्रोभिजनिङका कारण मात्रै २ अर्ब ८५ करोड रुपैयाँ नाफा बढ्ने देखिन्छ । त्यसो त हायर पर्चेज सम्बन्धी उक्त व्यवस्थाले बैंकहरुको पूँजीकोष अनुपातलाईसमेत केही खुकुलो बनाउने अवस्था देखिन्छ । अनुत्पादक देखिए पनि गाडीको कर्जामा भएको यो सहुलियतका कारण बैंकहरुको तरलता व्यवस्थापनमासमेत सहयोग पुग्ने बैंकर्स बताउँछन् ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा वाणिज्य बैंकहरुको नाफा ४५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यो रकमका आधारमा अहिले बढेको नाफा सामान्य मात्रै भए पनि यसले वितरणयोग्य नाफामा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने भएकोले लाभांशमा सकारात्मक असर पार्न सक्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । बढ्दो रेमिट्यान्स र नियन्त्रित आयातका कारण विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले अहिले उदार मौद्रिक नीति अबलम्बन गरेको छ ।
यो समीक्षाले आगामी साउनमा आउने मौद्रिक नीति समेत खुकुलो हुने विश्वास गरिएको छ ।
![आज कतिमा कारोबार भइरहेको छ सुन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-78-4-3_CTFa506zAc_f6i9gvykzjxolkxic82wgabzylzfhmymfdi0uwjls2p8mlymwdvjcnwlqu56_Q0gDqA8dev_dteflbz00qtbzkthdmbaoqqqsndwnaoxmzrukdrgi7ukduigksrb4vkesagk.jpg)
आज कतिमा कारोबार भइरहेको छ सुन ?
![राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/rashtra-bank-nepal2024-07-26-07-07-28_uZGaEoUL6u_gv7dde4fi0fxc5a7qdepfohxx77m6ob9opxvbrnnwapogcjqpamotnr8r78p_JdHO4MIjzJ_jeixf2sjilxyjb6fsllggwmnzfa2ojmieflox7kcsd4bf7klko6ijrac408o.jpeg)
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
![सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520silver1654579639_JYNaVpw6Kw_n0jzhmejvpchf7pufaphmmwj7dy2tolz18ztqfdko8ff8gh0iqyi5fky8vzx_DD1ZwOupI9_nvugbuj2e7vnw7go25sqmjbluj1asmzlsx81sryioacnrsuwuvg0luxuzkms.jpg)
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
![नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/67189830compulsory-figure_jbkmiCQZmk_suhfl43whrwepagok4txajt8dcs2glerjmsbelv1widulxtyfzjcacd4di97_6cjcJIOPu4_kwnfdzzpdhwbag97l3uhforetynejepeekkqixhs79y85gdi1kqnxcweuyjw.jpeg)
नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?
![पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
![पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब](https://snowberry.prixacdn.net/media/gallery_folder/Tax-rajaswo__tdw0bgTixS_0to8p7gnywwg7rz5ftqsseh7n2gmmrubinh1lw670riev4btsapshdfzzvwk_i6Q3Eo29tx_xkqhzhbmkhasoe6rpsja3dcjnwzmcw5delgrkolgaccfaoy8fxdsc1xh275j.jpg)
पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
![साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/th%252520(1)_HjnClxBbmm_xry2tatt5a0q4nt023pzscubzbfkn5nxzegpi4dqmwrapiikoxik2iozoksw_CMZYMjpNAB_fxtuyhpzpl5lmp81lcsbenuobe9gokzwir8fvgeext9lbjdzbjkd1cizldhs_o94qN3CzBW_wjuwfvbn0uynbinome3bkgao4s23w1ppdjpfdwc9gibn9bvxzalckmreclfg_s8Z7Ss5avZ_hfsagfqlh5vmvv0i0uorvpvvfylvjpyz6igdklwok5qlxppeyhk3ow81youk.jpeg)
साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करो…
![आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया