युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणमा ध्वस्त
युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ ।
मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।
मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकू ड्रोन प्रहार गरेको बताइएको छ । यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् ।
स्थानीय मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।
रुसी रक्षा मन्त्रालयले मार्च २२ मा एक विज्ञप्तिमा आफ्नो सेनाले सो दिन युक्रेनमा ऊर्जा र सैन्य सुविधाहरूमा ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको तथा ठूलो मात्रामा हमलाका सबै लक्ष्य हासिल गरेको बताएको छ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया