अफगानी विश्वविद्यालयमा डेढ बर्षदेखि किशोरीको प्रवेशमा रोक
अफगानी ससकारको गैर जिम्मेवारपूर्ण प्रवृतिको परिणामस्वरुप निरन्तर करिब डेढ बर्ष (४५० दिन) भन्दा बढी समय अफगानिस्तानका विश्वविद्यालयहरू बालिकाहरूका लागि बन्द छन् । यसको चौतर्फी आलोचना भइरहेको छ । लामो समयदेखि गैर–मानवीय निर्णय बमोजिम बन्द भएका अफगानी विद्यालय तथा विश्वविद्यालयहरू अझै खोल्ने कुनै सङ्केत नदेखिएको टोलो न्यूजले जनाएको छ ।
शिक्षाबाट वञ्चित हुनु परेका निराशा बालिकाहरूले आफ्नो शैक्षिक गतिविधिमा भएकोे उल्लेखनीय ढिलाइलाई उजागर गर्दै यस वर्ष विश्वविद्यालयहरू पुनः खोल्ने विषयलाई प्राथमिकता दिन तालिबानी कामचलाउ सरकारलाई आग्रह गरेका छन् ।
पिडित अफगानी बालिकाको तर्फबाट बोल्दै खदिजाले किशोरीहरूकोे शिक्षाले सम्पूर्ण परिवारको साक्षरता र विकासलाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । खादिजाजस्तै धेरै अफगानी महिलाले सुरक्षाका कारण आफ्नो पूरा नाम उल्लेख गर्न चाहन्नन् । खदिजाले भन्नुभयो, “संवेदनशिल विषयलाई बेवास्ता गर्नाले समग्रमा देशको हरेक प्रगतिलाई खतरामा पार्ने सम्भावना बढेको छ ।
पिडितको भावनालाई प्रतिनिधित्व गर्दै नारो थर भएकी एक अर्की महिलाले बालिकाहरूका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका खोल्न आग्रह गर्नुभएको छ । गुणस्तरीय शिक्षाको निरन्तर प्राप्तिले मात्र उनीहरूको शिक्षा बलियो र प्रगतिशील समाज निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने उनीहरूको भनाइ छ ।
यस सन्दर्भमा विश्वविद्यालयका प्राध्यापकहरूले समेत चिन्ता व्यक्त गर्दै किशोरीहरूका लागि विश्वविद्यालयहरू निरन्तर बन्द हुँदा देशको प्रगतिमा बाधा पुग्ने डर पलाएको उल्लेख गर्नुभएको छ । शिक्षाविद् जकिउल्लाह मोहम्मदीले शिक्षामा समान पहुँच सुनिश्चित गर्नु प्रभावकारी शासन र सामाजिक प्रगतिको आधार भएको बताउनुभएको छ ।
पूर्व राष्ट्रपति हमिद करजाईले नर्वेका उपराजदूतसँगको छलफलका क्रममा बालिकाका लागि शैक्षिक संस्थाहरू पुनः खोल्ने आवश्यकतालाई जोड दिनुभएको छ ।
पुनः खोल्ने सम्बन्धमा तालिबानबाट नयाँ घोषणाहरू नभए पनि उनीहरूको शिक्षाको अधिकारका सम्बन्धमा कामचलाउ सरकारले दिएको अघिल्लो आश्वासनलाई स्मरण गरिएको छ ।
सन २०२१ मा तालिबान सत्तामा फर्किएपछि सरकारको निर्देशन अनुसार विद्यालयहरूले छ कक्षा पढिसकेका बालिकाहरूलाई विद्यालय तथा विश्वविद्यालय स्तरको कक्षा प्रवेशमा रोक लगाएका टोलो न्यूजले जनाएको छ ।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
प्रतिक्रिया