रूसविरुद्ध एफ–१६ लडाकू विमान प्रयोग भए त्यसलाई वैध निशाना बनाउने पुटिनको घोषणा
युक्रेनलाई दिइएको एफ–१६ लडाकू विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि रूसले तिनीहरूलाई निशाना बनाउने चेतावनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिनुभएको छ । पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भन्नुभयो, “यदि ती तेस्रो मुलुकका हवाई क्षेत्रहरूबाट प्रयोग गरिन्छ तिनीहरू जहाँ सुकै किन नहोस् तिनीहरू हाम्रो लागि वैध लक्ष्य बन्नेछन् ।
युक्रेनले लामो समयदेखि आफ्ना साझेदारलाई एफ–१६ लडाकू विमान आफूलाई हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ । तथापि, पश्चिमले पाइलट र ग्राउन्ड सर्भिसका कर्मचारीहरूको उचित प्रारम्भिक प्रशिक्षण बिना किएभलाई यस्ता विमानहरू आपूर्ति गर्न असम्भवतामा जोड दिन्छ ।
डेनमार्क, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र धेरै अन्य पश्चिमी देशहरू हाल युक्रेनी पाइलटहरूलाई प्रशिक्षण दिन सक्रिय रूपमा संलग्न छन् उनीहरूले एफ–१६ को महत्त्वलाई कम आँक्न नहुने बताएका छन् ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोलटेनबर्गले यी लडाकु विमानले युक्रेनी सेनाको क्षमतालाई आंशिक रूपमा बलियो बनाए पनि युद्धक्षेत्रको अवस्थालाई आधारभूत रूपमा परिवर्तन गर्न नसक्ने बताएका छन् ।
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सफलताको मूल मन्त्र: निरन्तर प्रयास र अटल आत्मविश्वास
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
प्रतिक्रिया