आज सुनको मूल्य घट्याे!

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ। बिहीबार १ लाख २५ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ४ सय रूपैयाँले घटेर १ लाख २५ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ८ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० रूपैयाँले बढेर १ हजार ५ सय १५ रूपैयाँ तोकिएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।