करोडाैँ अपचलन गरेर फरार दिव्य शान्ति सहकारी संस्थाका अध्यक्ष महर्जन पक्राउ

काठमाडौं। दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन्। 

बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

पटक–पटक बचत फिर्ताको लागि सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेका महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए । 

उनलाई काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।